यस्तो छ श्रीकृष्णको अन्तिम संस्कारको तयारी
चलचित्र विकास बोर्डका अध्यक्ष धर्मेन्द्र मोरवैताका अनुसार श्रेष्ठको पार्थिव शरीर दिल्लीबाट अपराह्न १ बजे काठमाडौँ विमानस्थल ल्याइपुर्याइनेछ। विमानस्थलबाटै सिनामंगल, तीनकुने, नयाँ बानेश्वर, बबरमहल, माइतीघर, सिंहदरबार, पुतलिसडक, कमलादी हुँदै नेपाल प्रज्ञा प्रतिष्ठानमा दुई घण्टा श्रद्धाञ्जलिका लागि राखिने कार्यक्रम छ ।
त्यसपछि साँझ साढे पाँच बजे पार्थिव शरीरलाई कमलादी प्रज्ञा प्रतिष्ठानबाट कमलपोखरी, ज्ञानेश्वर, रातोपुल, गौशाला हुँदै पशुपति आर्यघाटमा अन्तिम संस्कारका लागि लगिनेछ ।
बोर्डले दर्शक र प्रशंसकलाई श्रद्धासुमन प्रकट गर्न र शव यात्रामा सहभागी हुन आह्वान गरेको छ।
n.b.subbu भन्नुहुन्छ:
My best nepali hero I love you Sree krishnaKhum G c भन्नुहुन्छ:
Kasari