रूवाउँदै गए श्रीकृष्ण
डिप निमोनियाले सिकिस्त बनेका ४७ वर्षिय श्रेष्ठको भारतको एपोलो अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनको निकै महत्वकांक्षी चलचित्र ‘कोहिनुर’ अहिले देशभर प्रर्दशन भइरहेको छ । आफ्नो चलचित्रको रिलिजका क्रममा दर्शकसामु उपस्थित हुन नसकेको भन्दै उनले केही दिन अगाडी अस्पतालबाटै निकै भावुक अडियो सन्देश पठाएका थिए ।
साढे दुई दशक भन्दा बढि नेपाली चलचित्रमा बिताएका श्रेष्ठले नेपाली दर्शकका लागि निकै लोकप्रिय चलचित्र दिन सफल भएका थिए । आफन्त, आफ्नो मान्छे, सुख दुख, ए मेरो हजुर, हामी तिन भाइ, पाहुना जस्ता उनले नायकको रूपमा अभिनय गरेका चलचित्र सुपरहिटको लिस्टमा छन् । आफ्नै लगानीमा निर्माण गरेको कहाँ भेटिएला ले पछिल्लो पटक उनलाई ठुलो सफलता हात लागेको थियो । आकाश अधिकारीले निर्देशन गरेको कोहिनुरमा पनि श्रेष्ठको लगानी र अभिनय दुबै छ ।
आफ्ना प्रिय नायकको विछोडमा आँशु पुच्छै दर्शकले उनको चलचित्र कोहिनुर हेर्नेछन् ।
भारतबाट उनले दर्शका लागि पठाएको निकै भावुक अडियो संदेश
Mina Tamang भन्नुहुन्छ:
shree krishna shresta ko nidanma hami dukha bakta garda6u.and hardick sardaanjali dida6u.Bijay newar भन्नुहुन्छ:
Molai aja krinsna g ko yo khobar sunera aja malai bahut neh gohiro dukh large xo....