Share |

‘नागबेली’को फष्टलुक सार्वजनिक

काठमाडौं । ‘नागबेली’ चलचित्रको फष्टलुक सार्वजनिक भएको छ । ‘नागबेली’को निर्देशन गोविन्द राईले गरेका हुन् ।
चेली माइती इन्टरनेशनल फिल्मको ब्यानरमा तयार भएको ‘नागबेली’लाई रोमियन लिम्बुले निर्माण गरेका हुन् । नीर शाह, रुपमा राना, दयाहाङ् राई, यशराज गराच, विक्की मल्ल, अशोक फुयाँल, शम्भव श्रेष्ठ, हर्षीका श्रेष्ठ र सुरवी जैनले अभिनय गरेका छन् ।
चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व, रामशरण उप्रेतीको छायांकन, बीबी अनुरागी, शीतल मोक्तान र रुद्र बोहराको संगीत, कमल राइको नृत्य, कथा, पटकथा तथा संवाद दीपेन्द्र लामाको रहेको निर्माण पक्षले जानकारी दिएको छ ।
चलचित्रले राष्ट्रियताको भावनलाई प्रस्तुत गर्न खोजेको छ । चलचित्र राम्रो निर्माण भएको निर्देशक राईले दाबी गरेका छन् ।

प्रतिक्रिया (१)

KALE भन्नुहुन्छ:

NEWS HALDA MITI PANI HALIDINU HOLA

तपाइको प्रतिक्रिया दिनुहोस्

नाम:
इमेल:
प्रतिक्रिया:
कोड: verification image, type it in the box