Share |

कमलकृष्णको ‘तेरे इश्कमे’

काठमाडौं । निर्देशक कमलकष्णले ‘तेर इश्कमे’ हिन्दी भाषाको चलचित्र निर्देशन गर्ने भएका छन् ।
राजधानीमा मंगलबार पत्रकार सम्मेलन गरेर इन्ड्रेस खान र अजहर खानले बनाउन लागेको हिन्दी चलचित्रलाई कमलकृष्णले निर्देशन गर्न लागेको जनाएका हुन् ।
चलचित्रमा नेपाली र भारतीय कलाकारहरुले अभिनय गर्ने छन् । चलचित्रमा करीब ९ करोड खर्च हुने निर्माण पक्षले जनाएको छ । यस अघि नेपाली चलचित्र ५०/६० लाखको आसपासमा बन्दै आएका थिए ।
सुशान्त सिंह, शदसिभा अमरापुरकार, रीना रोय, समिर खान, रेहिशा रेग्मी, बाशु पुडासैनी, कमलकृष्णलगायतका कलाकारले पनि अभिनय गर्ने छन् । चलचित्रमा भारतीय सिनेमाका चर्चित कलाकार शक्ति कपुरले पनि अभिनय गर्ने निर्देशक कमलकृष्णले जानकारी दिए ।
चलचित्रमा अजहर खानको पटकथा, संवाद र कथा छ । रेहान खानको संगीत, चन्द्र पन्तको द्वन्द्व रहने छ ।
चलचित्रलाई नेपाल र भारतमा सुटिङ गरिने छ । ‘तेरे इश्कमे’ प्रेमकथामा आधारित चलचित्र हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

नाम:
इमेल:
प्रतिक्रिया:
कोड: verification image, type it in the box