‘मिसकल’का गीत रेकडिङ शुरु
तिम्म्रो हेराइले लठ्ठै बनायो, के जादु गरेउ, मलाइ क्रेजी बनएउ बोलका गीतलाई यसअघि गाला रातै गाएकी गायिका मिलन अमात्य र गायक मनोज महत्तोले गाएका हुन् । निर्देशक किशोर चौधरीको शब्द र संगीतकार माहाराज थापाको संगीतमा गीत रेकडिङ गरिएको हो ।
राजधानीको पुतली सडकमा रहेको म्युजिसेन स्टुडियोमा नरिवल फुटाएर बिधिवत रुपमा पुजा गरी चलचित्रको गीत रेकडिङ गरिएको हो ।
‘मिसकल’ युनिट असरको अन्तिमबाट छायांकनमा जाने तयारीमा छ । नेपालको रमणीय ठाउँहरु ईलाम, जोमसोम, चितवनलगायत राजधानीका केही स्थानहरुमा छायांकन हुने छ । चलचित्रमा किशोर चौधरी र माहाराज थापाको संगीत छ । निर्माता राजु केसीको कथा रहेको यस चलचित्रका कलाकार छनोट हुन बाँकी रहेको निर्माण पक्षले जानकारी गराएको छ ।