Share |

‘दियाली’ स्पेन जाने

काठमाडौं । फिल्म कार्यशालामा सहभागिले तयार पारेको नेपाली सर्ट फिल्म ‘दियाली’ स्पेनमा हुन लागेको एक अन्तराष्ट्रिय सम्मेलनमा प्रदशित हुने भएको छ । सिन्धुपाल्चोको ठोकर्पामा भएको कार्यशालामा स्थानीय वासिन्दालाई अभिनय गराएर फिल्मको निर्माण गरेका हुन सचिन घिमिरे र अरुण डी जोशीले ।
५० मिनेटको यो दियाली यूरोपियन एसोसियसन फर एन्थ्रोपोलोजी र सोसाइटी फर मेडिकल एन्थ्रोपलजीको संयूक्त आयोजनामा मानवशास्त्री सम्मेलनमा इन्थोग्राफिक फिल्मका रूपमा देखाइने भएको हो ।
सम्मेलनमा निर्देशकले १ हजार अमेरिकी डलरको प्राज्ञिक अनुसन्धानको लागि अवार्ड समेत पाउने भएका छन । दियालीमा मुना श्रेष्ठ ,गोमा ढुङ्गाना, सुब्बे पहरी कमल कृष्ण श्रेष्ठ लगायतले अभिनय गरेका छन भने नारायण जिसीको छायाङ्कन रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

नाम:
इमेल:
प्रतिक्रिया:
कोड: verification image, type it in the box