Share |

नेपाली सिनेमामा 'डन' कनेक्सन

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो -सीआइबी)ले सम्पतिको स्रोत अनुसन्धान गरेर कारबाहीको प्रक्रिया अगाडि बढाइएका डन परशुराम बस्नेत नायक जीवने लुइटेलको निम्तोमा सिनेमा हेर्न पुगे । नेपाली सिनेमा क्षेत्रमा डनको प्रभाव रहेको पछिल्लो उदाहरण मात्रै हो जीवन र परशुरामको सम्बन्ध ।

जीवन अभिनित 'रिदम' फिल्म हेर्न परशुराम आफ्ना दलबलसहित गोपिकृष्ण हल पुगेका थिए । जीवन र परशुराम विराटनगरका हुन् । नेपली सिनेमा जगतमा डनहरुसँगको सम्बन्ध यो नै पहिलो होइन ।
नायिका नम्रता श्रेष्ठ ठमेल क्षेत्रका डन समूहका प्रेम घलेसँग प्रेम सम्बन्ध रहेको छ । म्यानपावरको व्यवसाय समेत गर्ने घले दीपक मनाङे निकटका व्यक्ति रहेको प्रहरी स्रोतले बताएको छ ।

त्यस्तै निर्माता रोज राणा गुण्डागर्दी केशमा पटकपटक पक्राउ परेर छुटेका व्यक्ति हुन् । अवैद्य किसिमले कमाएको धन सिनेमा लगानी गरेर चोख्याउने गरेको कुरा पनि नेपाली सिनेजगतमा चर्चा हुने गरेको छ । डनहरुसँग फिल्मकर्मीहरको संगतले यही कुरालाई बल पुर्‍याउँछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

नाम:
इमेल:
प्रतिक्रिया:
कोड: verification image, type it in the box