Share |

नेचुरल एक्टिङ भएर मात्रै पुग्दैन रहेछः ऋचा

काठमाडौं । चलचित्र 'उमा'मा नायिका ऋचा शर्मा माओवादी छापामारको भूमिकामा कस्तो देखिने हुन् भन्नेमा उनका फ्यानहरुलाई पक्कै खुल्दुली छ । तर स्वयं ऋचा भने 'उमा' पछि अभिनय गर्ने सिनेमामा दर्शकले देखिने गरी आफ्नो अभिनयमा फरकपन भेट्ने दाबी गर्छिन् ।

प|mान्सको पेरिसबाट दुई महिने अभिनय कोर्ष गरेपछि आफ्नो अभिनय कलामा दर्शकले पूरापूर फरक पाउने ऋचाले बताइन् । 'अभिनय सिकेर मात्रै जानिने कुरा होइन । जन्मजातै हुनुपर्छ । तर यस्ता कोर्षले कलालाई जीवन्तता दिन सहयोग गर्दोरहेछ,' कोर्ष सकेर ४ चैतमा स्वदेश फर्किएकी ऋचाले भनिन् ।

ऋचाले पेरिसको ज्याक वाल्टर्ज एक्टिङ वर्कसपबाट तीन महिना तालिम लिएकी हुन् । आफूले प्राविधिक कुरालाई कसरी अभिनय कलासँग जोडेर राम्रो काम गर्न सकिन्छ भन्ने सिकेको उनले सुनाइन् । भनिन्, 'नेचुरल अभिनय भएर मात्र हुँदैन रहेछ । त्यसलाई जीवन्तता दिन क्यारेक्टरको हाउभाउ, बोल्ने शैली, कपडा लगाउने स्टाइल जस्ता कुराको पनि उत्तिकै लिंकेज गर्न सक्नुपर्दोरहेछ,' उनले भनिन् ।

पेरिसमा सिकेको कुरा आफूले अब आउने सिनेमामा भरपूर उपयोग गर्ने उनको भनाइ छ । छापामार युवती ऋचालाई पेरिसको अभिनय कोर्षले कहाँ पुर्‍याउला ? कि बायोडाटामा सजिने काम मात्रै हुने हो ऋचा जी ?

तपाइको प्रतिक्रिया दिनुहोस्

नाम:
इमेल:
प्रतिक्रिया:
कोड: verification image, type it in the box