Share |

अमेरिका भनेको अमेरिकै रहेछः रेखा थापा

काठमाडौं । 'मलाई विदेश जाने रहर त्यति सार्‍हो हुँदैन । मान्छेहरु अमेरिका जाने भनेपछि मरिहत्ते गर्छन् । तर मलाई कहिल्यै त्यस्तो भएन ।' झण्डै ६ महिनाअघि नायिका रेखा थापाले उस्तै परे अमेरिका समेत नजाने आशयसहित फिल्म नेपालसँग भनेकी थिइन् ।

विमानस्थलमा नेपालीहरुलाई हेप्ने विदेशीको शैलीदेखि वाक्क बनेर उनले यस्तो अभिव्यक्ति दिएकी थिइन् । तर एक महिना अमेरिकामा बसेर आएपछि उनलाई अमेरिकाप्रति हेर्ने दृष्टिकोणमा केही फेरबदल आएछ । 'अमेरका त्यसै अमेरिका बनेको होइन रहेछ,' अमेरिकाबाट....मात्रै नेपाल आएकी उनले भनिन्, 'अमेरिका वास्तवमै अमेरिका रहेछ ।'

कानुन पालना गर्ने र गराउने त्यहाँको शैलीले उनी लोभिएकी हुन् रे । 'सिस्टममा चलेको देश रहेछ,' उनको भनाइ छ । सिस्टममा चलाउन सकेमात्रै कुनै पनि देशलेचाडो विकास गर्न सक्ने उनलाई अमेरिका भ्रमणले सिकाएछ । युरोप, एशियाका थुप्रै विकसित भनिएका देश भ्रमण गरिसकेकी रेखाले अमेरिकाको जस्तो कानुन पालना कहीं पनि देखेकी रहिनछन् । भन्छिन्, 'कानुनको अगाडि कोही पनि नतमस्तक हुनुपर्ने रहेछ ।'

रेखा सिस्टम र विधिको शासनमा चलेको देशमा बस्दै गर्दा यता नेपालमा भने चलचित्र क्षेत्रकै सक्षम व्यक्तिलाई चलचित्र विकास बोर्डको अध्यक्षा बनाउनुपर्ने विषयमा आन्दोलन उठिरहेको थियो । उनी फर्किंदा बोर्डमा विवादस्पद व्यक्ति अध्यक्षा बनेका छन् । 'सिस्टम नभएकोले हाम्रोमा यी कुरा सामान्य हुन्,' उनले भनिन् ।

अमेरिकाको लसभेगास, न्यूयोर्क आफ्ना लागि अविस्मरणीय क्षेत्र रहेको बताइन् ।
रेखाले अमेकिामा नायिका गौरी मल्ल, रञ्जना शर्मासँग भेट गरेकी थिइन् । अमेरिकामा बस्ने नेपालीहरुले आयोजना गरेको विभिन्न कार्यक्रममा समेत उनी व्यस्त रहिन् । नेपाल फर्किए लगत्तै उनी आफ्नो 'हमेशा' सिनेमाको काममा व्यस्त भएकी छिन् । नभएर के गर्नु अमेरिका जानुअघि बोर्ड अध्यक्ष हुन दौडधूप गरेको खेर गईहाल्यो रेखा जी ?

तपाइको प्रतिक्रिया दिनुहोस्

नाम:
इमेल:
प्रतिक्रिया:
कोड: verification image, type it in the box