Share |

रेजिनालाई थाहा छैन, शोभित र कवितालाई साँच्चै 'वरदान'

काठमाडौं । हरहिसाब गर्न बोलाउँदा नआएको आक्रोशमा सिनेमाबाट निर्देशकको नाम नै हटाइदिने धम्की दिएकी निर्माता कविता श्रेष्ठ र निर्देशक शोभित बस्नेतबीच कुरा मिलेको छनक देखिएको छ । 'वरदान'को फस्टलुकबाट शोभितको नाम समेत हटाइदिएकी थिइन्, कविताले ।

तर १४ फागुनमा 'वरदान' बारे जानकारी दिने एक पत्रकार सम्मेलनमा दुवै एकसाथ उपस्थित भए । एक हप्ताअघि नायक राजेश हमालले शोभित र कवितालाई मिलाउने जमर्को गरेका थिए । हमालको बचनले काम गरेको हो ? 'अब कुरा मिल्ने बाटोमा अघि बढेका छौं,' कविताले भनिन्, 'आन्तरिक व्यवहारले गर्दा बीचमा मनमुटाब भएको थियो ।'

शोभितले आफूलाई झण्डै १५ लाख रुपियाँ तिर्न बाँकी रहेको कविताले बताएकी थिइन् । तर अब मिलाउने बाटोतिर आफूहरु लागेको कविताले सुनाइन् । सबै हिसाब मिलिनसकेको समेत उनको भनाइ छ ।
यसअघि कविताले लगानी गरेको 'प्लान' शोभितले निर्देशन गरेका थिए । यही सिनेमाको हिसाबमा किचलो भएको थियो । 'वरदान'ले दुवैलाई पानी बाराबारको स्थितिमा पुर्‍याइदिएपनि रिलिजको आडमै आइपुग्दा साँच्चै वरदान भएको छ ।

स्मरणीय छ शोभितसँग अत्यन्त नजिक रहेकी नायिका रेेजिना उप्रेतीको समेत यसमा लगानी छ । शोभित र रेजिनाको सम्बन्धलाई लिएर गसिप र चर्चा थुप्रै बनेका थिए, नेपाली सिने जगत्मा । अहिले उनीहरुको सम्बन्ध समेत हिजोको जस्तो छैन । वरदानमा रेजिना, हमाल, करिष्मा मानन्धरको अभिनय रहेको छ । सिनेमा














तपाइको प्रतिक्रिया दिनुहोस्

नाम:
इमेल:
प्रतिक्रिया:
कोड: verification image, type it in the box