Share |

अन्ततः विधिवत दोस्रो विवाह गरिन् सारङगाले


काठमाडौं । एक अमेरिकीसँग विवाह गरेर उतै भासिएकी नेपाली नायिका सारङगा श्रेष्ठले विधिवत रुपमा दोस्रो विवाह गरेकी छिन् । आफूभन्दा दुई वर्ष कान्छो रमेश कार्कीसँग सारङगाले फेबु्रअरी १ मा विवाह गरेकी हुन् ।

आफ्नो पुनः विवाहको फोटो उनले फेसबुकबाट सार्वजनिक गरेकी छिन् । कसैले 'यसलाई गन्तव्य ठान्लान त कसैले ......' फोटो अफलोडसँगै उनले लेखेकी छिन्, 'तर म यतिमात्र भन्न सक्छु तिमी अनि म ।'
उनले अदालती विवाह गरेकी हुन् । सारङगा रातो साडीमा सजिएकी थिइन् भने रमेश सुटमा । दुवैले हातमा बुकी बोकेर अन्य नेपालीसँगै फोटो खिचाएका छन् । सारङगाले हात मेहन्दीका बुट्टाले भरिएको देखिन्छ ।

रमेशसँगको प्रेममा परेपछि सारङगा निकै भावुक बनेकी थिइन् । उनका भावनाहरु फेसबुकमा प्रशस्तै पोखिएका थिए, जसले विवाहको रुप लिएको छ । उनले रमेशलाई भेट्दाको क्षणबारे लेखेकी छिन्, तिमीलाई भेट्नु भाग्य थियो । तिम्रो साथी बन्नु छनौट थियो । तर तिमीसँग माया बस्नु मेरो नियन्त्रणभन्दा बाहिरको कुरो थियो ।'

चार वर्षअघि अमेरिकीसँ विवाह गरेकी उनले विवाहको छोटो अवधिमै डिभोर्स गरेकी थिइन् । धेरै फिल्मकर्मीहरुको विवाह सुखद हुन नसकेजस्तै सारंगाको वैवाहिक जीवन समेत दुर्घटनामा परेको थियो । रेष्टुराँ व्यवसायी हुन्, रमेश । व्यावसायी रमेश र सेलिब्रेटी सारङगाको जोडीको जय होस् ।

प्रतिक्रिया (१)

Toran karki भन्नुहुन्छ:

Dherai 2 badhai chha,saranga

तपाइको प्रतिक्रिया दिनुहोस्

नाम:
इमेल:
प्रतिक्रिया:
कोड: verification image, type it in the box