Share |

खल्लो भयो मौसमीको जन्मदिन


काठमाडौं । जन्मदिनमा शुभकामना सन्देश आउँदा कसलाई खुशी नलाग्ला ? त्यसमाथि वर्षेनी जन्मदिनमा चिनजानका सबैलाई बोलाएर जमघट गर्ने व्यक्ति त झनै खुशी र उत्साही हुन्छ नै । तर नायिका मौसमी मल्ल आफ्नो ४४ औं जन्मदिनमा आज सबैभन्दा दुखी बनेकी छिन् ।

सात समुद्र पारिदेखि राति १२ बजेदेखि नै मोबाइलको म्यासेज बक्समा सन्देश आउँदा र फोन नै बज्दा समेत उनले जन्मदिनको खुशी खुलेर साट्न सकिनन् । कारण, उनी मध्यरातमै ७६ वर्षकी आमालाई लिएर अस्पतालको आइसीयु कक्षमा पुगेकी थिइन् ।

'मध्यरातमै विदेशबाट पुराना फ्यानहरुको फोन, म्यासेज आइरह्यो,' मौसमीले भनिन्, 'मेरो जन्मदिनमा उत्साही बनेर फोन गर्नेहरु सबैलाई मेरा दुखी हालत बताउन सकिन ।'

मौसमीकी आमा दम, मधुमेह, रक्तचापको रोगले लामो समयदेखि थलिएकी थिइन् । मगजमा समेत समस्या देखिएपछि मौसमीले राति नै आमालाई कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा लिएर पुगेकी थिइन् । सोमबार दिउँसोसम्म पनि आमालाई आइसीयुमै राखिएको छ । तर क्रमशः स्वास्थ्यमा सुधार आएको मौसमीले जानकारी दिइन् ।

जन्मदिनको शुभकामना दिनेहरुलाई आफ्नो दुखद अवस्था बताउन समेत नसकेको मौसमील बताइन् । नजिकका साथीभाई, आफन्त र नियमित सम्पर्कमा रहेका पुराना फ्यानहरुलाई बाहेक कसैलाई पनि आफू दुखी अवस्थामा रहेको जानकारी नदिएको उनको भनाइ छ । 'भन्न पनि गार्‍हो हुँदोरहेछ,' भावुक हुँदै मौसमीले भनिन्, 'जन्मदिनमा उत्साही बनेर फोन गर्नेहरु मजस्तै दुखी बनिरहेका छन् ।'

यसअघि तीनवटा सिनेमा त उनले आफ्नो जन्मदिनको अवसर पारेरै रिलिज गरेकी थिइन् । पछिल्लो सिनेमा 'समय' साइत समेत जन्मदिनकै आसपासमा पारेपनि सारेर १८ फागुनमा पुर्‍याइएको छ । जन्मदिनमै आमालाई आइसीयुमा राख्नुपर्ने, आफूले बनाएको सिनेमाको रिलिज मिति पनि सारिंदै जानु जस्ता कारणले मौसमीलाई थप पीडा दिएको छ ।








तपाइको प्रतिक्रिया दिनुहोस्

नाम:
इमेल:
प्रतिक्रिया:
कोड: verification image, type it in the box