Share |

नायिका निशा भर्सेस मिडिया

काठमाडौं । नायिका निशा अधिकारीले केही दिनअघि नाम नखुलाइएका एक जना पत्रकारलाई लक्षित गर्दै पत्रकारहरु अनपढ हुन्छन् भन्ने भाव दिने अभिव्यक्ति दिइन्, फेसबुकमार्फत ।

पत्रकारसँग विभिन्न लफडा परिरहने नायिकाका रुपमा समेत चिनिने निशासँग मिडियाकर्मीको किन बारम्बार ठाकठुक परिरहन्छ ? 'मैले सबै पत्रकारलाई भन्न खोजेको थिइँन,' उनले भनिन् ।

मिडियाले कहिलेकाहीं सेलीब्रेटीका बारेमा जे पायो त्यही लेख्दा पर्ने चोट र पत्रकारलाई पर्ने पीडा एउटै हो भन्ने महसुस गराउन समेत आफूले ती पत्रकारलाई त्यस्तो भन्न जरुरी रहेको निशाले बताइन् । 'असत्य कुराले मान्छेलाई कति पीडा हुन्छ भन्ने पीडा सहने मान्छेलाई थाहा हुन्छ,' उनको भनाइ छ ।

निशाले फेसबुकमा एकजना पत्रकारले अन्तर्वार्ता लिदा 'ह्यारी'लाई 'हरि' भनेको भन्दै उडाएकी थिइन् । अमेरिकाबाट फिल्मसम्बन्धी कोर्स गरेर आएकी नायिका निशा शिक्षित अभिनेत्रीमा गनिन्छिन् । तर शिक्षित व्यक्तिले सामाजिक सञ्जालमार्फत कुनै पेशाका मान्छेलाई त्यसो भन्नु उचित हो ?

तपाइको प्रतिक्रिया दिनुहोस्

नाम:
इमेल:
प्रतिक्रिया:
कोड: verification image, type it in the box