Share |

निर्माताको अँगालोमा बेरिंदै मलेशिया उडिन् सुमिना

काठमाडौं । चार वर्षपछि मात्रै विवाह गर्ने बताएकी नायिका सुमिना घिमिरे विमानस्थलमै एक निर्मातासँग अँगालोमा बेरिएको अवस्थामा भेटिएको खबर सार्वजनिक भएपछि सुमिनालाई चिन्नेहरु समेत छक्क परे । ‘नाइन वक्लक’का निर्माता रमेश संवेदना र नायिका सुमिनालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अँगालो मारेर बसेका थिए ।

मलेशिया जाने क्रममा उनीहरुबीच यस्तो हर्कत गरिरहेको अवस्थामा भेटिएका हुन् । आफ्नो यस्तो दृश्य अरुले थाहा पाएको चाल पाएपछि नायिका घिमिरे लाजले भुतुक्क बनेकी थिइन् । रमेश र सुमिना ‘नाइन वक्लक’ सिनेमाको प्रबद्र्धनका लागि मलेशिया गएको बताएका छन् ।

सुमिनाको यस्तो चाला यो पहिलो पटक भने होइन । उनको नाम यसअघि निर्देशक रोशन हमालसँग समेत गाँसिएको थियो । सुमिनाकै गाउँले युवकले समेत आफूसँग सुमिनाले विवाह गरेको दाबी गरेका थिए । तर सुमिनाले भने ती युवक आफन्त भनेर टार्ने गरेकी थिइन् ।


तपाइको प्रतिक्रिया दिनुहोस्

नाम:
इमेल:
प्रतिक्रिया:
कोड: verification image, type it in the box