Share |

राजेश र करिष्माको हट सिन हेर्न पाइने भो

काठमाडौं । तन बूढो भएपनि मन बूढो हुँदैन भनेर त्यसै भनिएको होइन रहेछ । नपत्याए ४० कटिसेकाका नायक राजेश हमाल र नायिका करिष्मा मानन्धरलाई हेरौं त । बूढ्यौली टेकेका राजेश र करिष्मालाई एडल्ट ट्याग दिइएको छ ।

बूढेशकालमा खुलेर किस सिन, बेड सिन दिएपछि सेन्सर बोर्डले पनि के गरोस् ? राजेश र करिष्मा अभिनित सिनेमा ‘किनकिन’ले एडल्ट सर्टिफिकेट पाएको हो । राजेशले अरुणिमा लामा र करिष्मा मानन्धरसँग रोमान्स गरेका छन् ।

यौन मनोविज्ञानमा आधारित भनिएको सिनेमामा राजेशले लामासँग लामै किस सिन दिएका थिए । तर सेन्सरले केही छोट्याएर पास गरिदिएको छ । उकेश दाहालले बनाएको यो दोस्रो सिनेमाले पनि एडल्ट सर्टिफिकेट पाएको हो । छोटै भए पनि राजेश र करिष्माको हट सिन धन्न सेन्सरले देखाउन पाउने बनाएछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

नाम:
इमेल:
प्रतिक्रिया:
कोड: verification image, type it in the box