Share |

आफ्नो छोडेर अर्काकोमा आकाश

काठमाडौं । नायक तथा निर्देशक आकाश अधिकारी आफ्नै निर्देशन र लगानीमा बन्न लागेको सिनेमा छोडेर अरुकै लगानीनामा बन्ने सिनेमा निर्देशनतिर लाग्ने भएका छन् ।

आकाशले आफ्नो सिनेमा 'केटुटी'को छायांकन समय सारेर श्रीकृष्ण श्रेष्ठको लगानीमा बन्न लागेको सिनेमा निर्देशन गर्ने भएका हुन् । जेठतिर मात्रै आफ्नो सिनेमा शुरु गर्ने आकाशको योजना छ । उनले भने, 'श्रीकृष्णजीको सक्नसाथै 'केटुटी'को छायांकन शुरु हुन्छ ।'

श्रीकृष्णको सिनेमा वैशाखभित्र सकाउने योजना छ । चलचित्रको नाम भने जुराइएको छैन । तर यसअघिको सिनेमामा समेत देखिएकी श्वेता खड्कालाई पछिल्लो चलचित्रमा पनि नायिकाको भूमिका दिइएको छ । श्रीकृष्ण र श्वेताको जोडी सिनेमामा देखिंदैछ ।



प्रतिक्रिया (१)

jagadish rijal भन्नुहुन्छ:

hi so nice pix and i love u

तपाइको प्रतिक्रिया दिनुहोस्

नाम:
इमेल:
प्रतिक्रिया:
कोड: verification image, type it in the box