Share |

नीता र आर्यनको रोमान्स 'दबाब'मा


काठमाडौं । नायक आर्यन सिग्देल छानी छानी नायिकासँग रोमान्स गर्न माहिर भएको चर्चा त्यसै चलेको होइन रहेछ । आर्यनले नायिका नीता ढुंगानासँ पनि रोमान्स गर्ने पक्का भएको छ । यी नायिकासँग रोमान्सको मेसो भने निर्देशक दयाराम दाहालले मिलाइदिएका हुन् ।

आर्यन र नीताले 'दबाब' सिनेमामा खुलेरै रोमान्स गर्ने छन् । तर आर्यनकको रोमान्स लीला नटिक्ने लख काट्न पनि थालिएको छ । नायिका रेखा थापा, पि्रयंका कार्की, नम्रता श्रेष्ठ, केकी अधिकारीसँग रोमान्टिक सिनेमा खेलिसकेका आर्यनको यीमध्ये कोहीसँग पनि लामो समयसम्म सिनेमामा जोडी जमेको छैन ।

सामाजिक प्रेम कथामा बन्न लागेको 'दबाब' भिन्न शैलीमा बन्न लागेको नायिका नीताको भनाइ छ । आर्यनसँग सिनेमा खेल्न पाउँदा आफू निकै उत्साहित बनको नीताले सुनाईन् । नीताको उत्साहमा कतै आर्यनले पानी खन्याइदिने त होइनन् ?


तपाइको प्रतिक्रिया दिनुहोस्

नाम:
इमेल:
प्रतिक्रिया:
कोड: verification image, type it in the box