Share |

हेर्दै जानु म गरेरै देखाउँछुः नायिका बिनिता


काठमाडौं । आफू अभिनित पहिलो सिनेमाले नै अचानक सोचेको भन्दा निकै बढी व्यापार गरेपछि फुर्किएकी नायिका बिनिता बरालले आफ्नो 'रेट' नै तोकिन् । तर त्यही रेट बिनितालाई अहिले भने घाँडो बनेछ । 'अहिले सम्भिmंदा रेट तोक्नु गल्ती गरिएछ भन्ने लागेको छ,' उनले भनिन् ।

'चपली हाइट' न्यून पारिश्रमिकमा काम गरेकी बिनिताले सिनेमा रिलिजपछि आफ्नो दर दुई लाख रुपियाँ अंकित गरेकी थिइन् । 'चपली हाइट'ले व्यापार राम्रो गरेपछि बिनितालाई थप ४० हजार रुपियाँ थपिदिइएको चर्चा छ ।

पैसा बढी दिंदैमा काम गर्ने टिम, कथावस्तु मन परेन भने आफूले सिनेमा नखेल्ने उनको जिकिर छ । भन्छिन्, '१० लाख दिएपनि मन नपरेको काम गर्दिन ।' पटकथा चित्त बुझेमा सित्तैमा काम गर्न समेत पछि नहट्ने उनको तर्क छ ।

यो त बढी आदर्श कुरा भएन ? बिनिताको जवाफ छ, 'हेर्दै जानु म गरेरै देखाउँछु ।' रेट तोक्दा सिनेमाको प्रस्ताव घटेर बिनिता लचिलो बनेकी हुन् कि चुजी ?

तपाइको प्रतिक्रिया दिनुहोस्

नाम:
इमेल:
प्रतिक्रिया:
कोड: verification image, type it in the box