असल पति पाइयोस् : केकी अधिकारी
पछिल्लो पुस्ताकी चल्तीकी नायिका हुन्, केकी अधिकारी । अध्ययनशील नायिकाको रुपमा समेत चिनिने केकीले आधा दर्जन सिनेमामा अभिनय गरिसकेकी छिन् । ‘आइएम सरी’ चलचित्रले उनलाई थप चर्चा दिलाएको हो । आधुनिक यी युवती धर्मकर्ममा समेत उत्तिकै विश्वास राख्छिन् । विगत चार वर्षदेखि निरन्तर साउने ब्रत लिइरहेकी केकीले यो वर्षसमेत ब्रत छुटाइनन् । यसै प्रसंगमा केकीसँगको कुराकानी:
साउने ब्रत किन लिनुभएको ?
शुरुमा त रहरैरहरमा लिएँ । घरमा आमा, भाउजु, फुपु सबैले लिंदा मैले पनि लिएँ । विशेष कारण थिएन । तर अहिले चाहिं यसको महत्व बुझेर लिएकी हुँ ।
के महत्व रहेछ ?
हिन्दु संस्कारमा साउने ब्रतको ठूलो महत्व छ । अविवाहितले राम्रो श्रीमान् पाउन र
विवाहितले श्रीमानको दीर्घायुको कामना गरिन्छ । शारीरिक फिटनेसको लागि समेत ब्रत लिनु राम्रो हो । यो ब्रतले मलाई स्लिम बनाउँछ जस्तो लाग्छ ।
तपाइँले चाहिं भावी श्रीमानको बारेमा के प्रार्थना गर्नुभयो ?
अन्य सबै नारीले झैं मैले पनि राम्रो पति होस् भन्ने कामना गर्दै आएँ । यो स्वभाविक हो । सबैले आफूलाई बुझ्ने पति पाइयोस् भन्ने सोच्छन् ।
त्यस्तो त अरुबेला पनि सोचिहालिन्छ नि ?
अरुबेला सोचेको र अहिले सोचेकोमा फरक हुन्छ । ब्रत लिएर कामना गर्दा पुग्छ भन्ने विश्वास छ ।
ब्रत लिंदैमा राम्रो पति पाइन्छ भन्ने विश्वास लाग्छ ?
ब्रत लिएपछि विश्वास लाग्दैन कसरी भन्ने ? तर मैले परम्परा, चलिआएको मूल्य, मान्यतालाई फलो गरेकी हुँ । ब्रत लिंदैमा असल पति पाइन्छ भन्ने छैन । तर यसमा केही गल्ती पनि त छैन ।
अलि विरोधाभास भयो नि ?
ब्रत लिंदैमा वा धर्मकर्ममा आस्था राख्दैमा के गल्ती भयो र ? प्रार्थना गरेका सबै कुरा पाइन्छन् पाइँदैन आफ्नो ठाउँमा छ । त्यसो भन्दैमा आफ्नो संस्कृति भुल्न पनि त भएन ।
यति राम्री हुनुहुन्छ । असल, इमान्दार मान्छेको नजरमा परिहाल्नुहुन्छ नि । किन ब्रत लिएर ढर्रा पारिराख्नुपर्यो र ?
म भगवानलाई एकदमै मान्छु । आजकाल त ब्रत पनि सबै नियम पुर्याएर लिन्छु । असल पति पाइएला नपाइएला आफ्नो ठाउँमा छ । तर ब्रतले उर्जा दिन्छ । मोनोटोनस ढंगले चलिरहेको जीवनलाई रमाइलो बनाउँछ ।
तर महिला अधिकारवादीहरु ब्रत लिने प्रचलनलाई पुरुषहरुले महिलामाथि लादेको अत्याचार भन्छन् ?
यो उनीहरुको दृष्टिकोण हो । म चाहिं जे कुराको पनि सकारात्मक पक्षमात्रै लिन्छु । ब्रत आफ्नो खुशीले लिएको हो भने त्यसले त राम्रै गर्छ नि । कसैले जोडजबरजस्ती त गर्दैन, ब्रत लिनु भनेर ।
SUMANT SHRESTHA भन्नुहुन्छ:
YOU ARE SO BEAUTIFULraj भन्नुहुन्छ:
k ki ko sochai ramro ho maile unlai ek akrsit rup ki heroin ko rup ma dekha chhuGanesh bk dang deukhuri nepal भन्नुहुन्छ:
Maile t tapai kaa aaj samma pani yeuta movie here ko xaina yar bada dukha lako xaganesh gurung भन्नुहुन्छ:
k ki g tapaile hal samma kheleko film madhe sabai bhanta nam kamauna safal film kun ho. ra film suting ko time ma tapaita badi nakal jhakal parchhare ho.?