'प्रेम' के हो, के हो: आर्यन सिग्देल
अभिनय क्षेत्रमा प्रवेश गर्दासम्म नायक आर्यन सिग्देललाई सिनेमा क्षेत्रबारे ज्ञान थिएन रे । बाल्यकालमा त के कलेज लाइफमा समेत फिल्म खासै नहेरेका तीनै सिग्देल अहिले चल्तापुर्जा अभिनेताका रुपमा चिनिन्छन् । पहिलो चलचित्र 'किस्मत'बाटै चर्चा कमाउन थालिसकेका उनी 'आइएम सरी' सम्म आउँदा नाम र दाम दुवै कमाउनले नायकमा दरिएका छन् । दुई दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका आर्यनसँग गरिएको कुराकानी ः
आइएमसरीको व्यस्तताले हो कि पत्याउन छोडेर हो, नयाँ फिल्ममा देखिनेबारे सुनिएको छैन नि ?
अहिले म 'आईएम सरी'कै प्रमोसोनमा छु । स्वेदशमा सकियो । अब विदेशमा समेत शो हुने भएकोले त्यतै लाग्ने छु । फिल्ममा अफर नआएर होइन नभ्याएर अभिनयमा अनुबन्धित नभएको हो । यो बीचमा तीन चारवटा अफर आए । कुनैको स्त्रिmप्ट मन परेन । कुनैसँग कुरा भईरहेको छ ।
चल्तीको हिरो भएको पाउँदा कस्तो लाग्छ ?
नर्मल । खासै त्यस्तो फिलिङ नै आउँदैन ।
किन ?
थाहा छैन । मेरो स्वभाव नै त्यस्तै हो कि । उत्साहित पनि छुइँन ।
तपाइँ फिल्म क्षेत्रमा अल्झेर आउनु भएको रे होइन ?
हो । कताकताबाट अल्झएर आएको हुँ । साथीभाईसँग कुराकानी हुँदाहुँदै यता छिरें । यस्तो बन्छु, उस्तो गर्छु भनेर आएको होइन । अहिले पनि फिल्ममा म यस्तो गर्छु भनेर 'प्लान' गर्दिन ।
भनेपछि योजनाबिनै काम गर्नुहुन्छ ?
म वर्तमानमा जे छ त्यसमा मजाले बाँच्छु, रमाउँछु । भविष्यमा के गर्ने, के बन्ने भन्ने कुरासँग म खासै वास्ता गर्दिन । कहिले पनि मैले आफ्नो भविष्यबारे प्लान बनाइन । सायद बनाउँदिन होला । किनभने जीवन वर्तमानले चल्ने हो । भविष्य कसले देखेको छ र ।
फिल्म क्षेत्रबाट आर्यन सिग्देल बाहिरियो भने पनि अचम्म नमाने हुन्छ होइन त्यसोभए ?
हो । तर म फिल्म क्षेत्रलाई छोड्न सक्दिन होला । एक दशकभन्दा बढी बिताइसकें । मिहनत, लगावले गर्दा यो क्षेत्रसँग माया बसिसक्यो । तर यहाँबाट बाहिरिने सोच्नै नसक्ने कुरा भने होइन ।
फिल्म नै नहेर्ने मान्छे कसरी अभिनेता बनियो होला ?
बनियो । खै कसरी भन्नु ? यही फिल्डमा लागेपछि दिनमै तीनचारवटा फिल्म हेरें । त्योभन्दा अघि स्कुल, कलेज लाइफमा हेर्दै हेरिनँ भन्दा पनि हुन्छ । त्यही त म अल्झिएर फिल्म क्षेत्रमा आएर लडेको ।
फिल्मी क्षेत्रमा नयाँ पुस्ताको प्रवेशले कस्तो असर गरेको छ ?
स्त्रिmप्ट, प्रविधिमा फरकपन आएको छ । अहिलेको समाज र दर्शकले के खोजेको छ त्यसलाई ठम्याउन सक्ने पुस्ता हो, यो । भिजन केही भएपनि क्लियर छ । तर पूर्वतयारी भने कम छ । ब्रोड्ली सोच्ने गर्दैनन्, कतिपय नयाँहरु ।
कस्तो ब्रोड्ली भनेको ?
एक खालको फिल्म चल्यो भने त्यसकै पछाडि कुद्ने । विविधता पो दिनुपर्यो फिल्मले । समग्र फिल्म क्षेत्रलाई माथि उठाउने भन्दा पनि पैसालाई बढी महत्व दिएको जस्तो लाग्छ, नयाँ पुस्ताका केही कलाकारले । प्रोजेक्ट र पैसा भनेर मात्र नखेलौं ।
तर प्रशंसनीय व्यक्तिको प्रवेश पनि भएको छ । आफूलाई भन्दा पनि समग्र उद्योगलाई माथि उठाउने सोच लिएर यो क्षेत्रमा आउनुपर्छ ।
निकै महंगो कलाकारमा पर्नुहुन्छ । कति कर तिर्नुहुन्छ ?
मैले बढी पारिश्रमिक लिएको भन्ने कुरा गलत हो । फिल्मलाई बढी समय चाहिं दिन्छु म । अरुले तीन चार महिनामा तीन चारवटै फिल्म खेल्छन् । म ६/७ महिनामा एउटा खेल्छु । अनि कसको बढी पारिश्रमिक भयो होला आफैं हिसाब गर्नोस् ।
करको कुरामा प्रोड्युसरले नै हाम्रो कर तिरिदिनुहुन्छ । हाम्रो सम्झौता नै त्यसरी भएको हुन्छ । यसबारे थप केही थाहा छैन ।
तर कर कार्यालयमा तपाइँले आयकर तिरेको र बुझाएको रेकर्ड नै छैन ?
हो र ? अब खोजी गर्नुपर्ला ।
'आइएम सरी'मा केकी अधिकारीसँगको जोडीलाई दर्शकले खुब रुचाए । यस्तै जोडी साँच्चिकै जीवनमा बाँध्ने रहर छ होला हगि ?
सोचेकै छैन । मेरो ध्यान नै रातदिन फिल्ममा भएकोले सोच्न पाएको छैन । केकी र मेरो केमेस्ट्रीलाई दर्शकले मन पराएको चाहिं साँचो हो ।
पहिलो प्रेम त ब्रेकअप भएपछि यस्तो सोच नआएको हो ?
होइन । त्यसबारे म सोच्दै सोच्दिन ।
प्रेमको अभाव त महसुस भयो होला नि ?
भएन । फिल्ममै व्यस्त भएँ । फिल्मलाई नै गर्ल फेन्ड बनाएँ ।
फिल्मलाई गर्लफेन्ड बनाउँदा जीवनको गर्लफेन्ड उम्किएला भन्ने पीर लाग्दैन ?
लाग्छ नि । तर कहिलेकाहिं । समय आएपछि जुर्ला भन्ने लाग्छ ।
पहिलो प्रेमको चोट्ले यस्तो भएको होला होइन ?
होइन । उहाँको आफ्नै दुनियाँ छ । म फिल्ममै व्यस्त ।
त्यसो भए माया प्रेम के हो जस्तो लाग्छ ?
के हो, के हो ? -गम्भीरु हाँसो)
अभिनयमा जमिरहन निकै गार्हो छ होइन ?
छैन । काम नगर्ने जसलाई पनि गार्हो हुन्छ ।
गार्हो भएर त टिकिराख्न आफैं चलचित्र बनाउने कुरा गर्नुभएको होला ?
टिक्न छोडें भनेर फिल्म बनाउनु, निर्देशन गर्नु भनेको त नटिक्नु नै हो नि । फेरि मैले चलचित्र बनाउने कुरा पनि गरेको छैन । यस्तो उस्तो गर्छु भनेर भन्दै हिंड्ने मेरा स्वभाव पनि छैन । कुनै समय बनाइएला भन्ने मात्रै हो ।
कहिले ?
त्यो त म भन्न सक्दिन । दई महिनापछि पनि हुनसक्छ । दुई चार वर्षपछि पनि ।
फल्ममा आफ्नो समय सकियो भन्ने लागेपछि हो ?
कलाकारको समय कहिल्यै पनि सकिंदैन । खाली समय आएपछि हुन्छ भन्न खोजेको हो ।
फिल्म क्षेत्रमा सबै कलाकारसँग राम्रो सम्बन्ध किन नभएको होला ?
खै, अरुको मलाई के थाहा । मेरो कोहीसँग त्यस्तो छैन ।
रेखा थापासँग त बोलचालै थिएन ?
होइन । गलत । आ-आफ्नै व्यस्तताले भेट नभएको मात्र हो ।
joya subedi भन्नुहुन्छ:
mero bichar ma testo khi lagadind huna ta aryan ge le bhanako kura sahi hoAshish khadka भन्नुहुन्छ:
ahile ko duniyama pani kina prem kasto jag6 bhanera sodheko hola hoina t aryan ji? ani sachhi nai kati h/c malai man par6 hajur ko abhinaya ani ankha ankha bole ni man sanga man bolna baki 6 ko geet ma gareko dance .naseeb भन्नुहुन्छ:
i like your actionGanesh pokheral भन्नुहुन्छ:
I am poor family member. so that you help by read. you are my best hero for me .my con no ..9815568420 .And i like your action .I hope you call me .now i live in K.T.MBinod भन्नुहुन्छ:
i like your vocal also ur so cuteshekhar adhikary भन्नुहुन्छ:
I like acting and your faceJitman भन्नुहुन्छ:
I like your acting aryan jKailash chand भन्नुहुन्छ:
I like your action aryan ji