के प्रेमचक्कर चलाउनु !: सुस्मा कार्की
सुष्मा कार्कीको छवि बदलिएको छ । हिजोकी सिम्पल नायिका अहिले बोल्ड नायिकामा दरिएकी छिन् । 'मेरो एउटा साथी छ' चलचित्रमार्फत रजतपटमा 'डेब्यु' गरेकी सुस्मा पछिल्लो समयमा आइटम डान्समा समेत जम्न थालेकी छिन् । उनले अहिले प्रदर्शन भईरहेको चलचित्र 'लुट'मा पनि आइटम डान्स गरेकी छिन् । यो आइटम डान्सबाट उनले 'उध्रेको चोली'को उपमा समेत पाएकी छिन् । बेलाबेला प्रेम चक्करको विषयमा समेत विवाद र चर्चामा आउने गरेकी सुष्मासँगको कुराकानीः
हिजोआज के गर्दै हुनुहुन्छ ?
भर्खरै कतार र मलेसियादेखि फर्किएँ । 'मेरो जीवन साथी'मा पनि काम गरिरहेकी छु । साथै म्युजिक भिडियोहरुमा पनि काम गर्दैछु ।
पछिल्लो समयमा तपाइँको नाम आइटम नम्बरको रुपमा आएको छ नि ?
हो, मैले आइटम गीतमा पनि डान्स गर्दै आएकी छु । तर म पूरै आइटम गर्ल भने होइन । तैपनि आइटम डान्स गर्न भने मन पराउँछु ।
बोल्ड नायिका पनि भन्छन्, यसो भन्दा कस्तो लाग्छ ?
खासै बोल्ड छुइँन जस्तो लाग्छ । केही गीतमा बोल्ड नृत्य गरेकी छु । तर अरुले भनेजति बोल्डचाहिँ होइन । धरेजसो त साधारण नै गरेकी छु । त्यसैले साधारण नायिका नै हुँ ।
चलचत्रि क्षेत्रमा प्रवेश कसरी भयो ?
अचानक प्रवेश गरेकी हुँ । चलचित्र 'मेरो एउटा साथी छ'मा अभिनय गरेपछि मेरो यो क्षेत्रमा प्रवेश भएको हो । अभिनयको लागि अफर आएपछि लागेकी हुँ । चलचित्र क्षेत्रमै लाग्छु भनेर सोचेकी पनि थिइँन ।
तपाइँको बुझाइमा ग्ल्यामरस के हो ?
म अहिले ग्ल्यामरस छैन । अब दुई वर्षपछि भने मेरो ग्ल्यामरस दर्शकले देख्न पाउँनेछन् । अहिलेसम्म त सिम्पल नै छु । अर्को कुरा ग्ल्यामरस भनेको हेराइमा फरक पर्ने हो । देख्नेले साडीमा पनि ग्ल्यामरस नै देख्छन् ।
त्यसोभए, सुस्मालाई दुई वर्षपछि झनै ग्ल्यामरस देख्न पाइने भयो ?
मैले त्यसो भन्न खोजेकी होइन । देख्न पनि सक्नुहुन्छ, नदेख्न पनि । त्यो समयको माग हो । अहिले नै भन्न सकिन्न । अहिले त म ग्ल्यामरस छैन । सायद त्यो समय आएपछि आफैं हुने कुरा हो ।
बलिउड छिर्ने तपाइँको योजना छ भन्ने सुनिन्छ नि ?
पहिले एकपटक सोच बनाएकी हुँ । अहिले छैन । भविष्यको कुरा भविष्यमै हुन्छ । मेरो मात्र होइन, सबै नायिकाको बलिउड छिर्ने मन हुन्छ ।
नायिकाहरुको अन्तिम विकल्प निर्मात्री बन्नु जस्तै देखिन्छ, तपाइँको विचार चाहिं के छ ?
अहिलेसम्म त्यस्तो केही सोचेकी छैन । अझैपनि १५/२० वर्ष त नायिका नै रहन्छु । भर्खर २१ वर्ष हुँदै छु । राजेश हमाल अहिलेसम्म नायक भएर खेल्दा हुने, मैले त्यो बेलासम्म नायिका हुन किन नपाउने ? त्यसैले अझै २० वर्ष नायिका नै रहन्छु । त्यसपछि सोचौंला ।
प्रेम चक्कर च चलाइरहनु भएको होला नि ?
छैन । के प्रेमचक्कर चलाउनु नि । मनै छैन, प्रेम चक्कर चलाउने ।
किन निराश भएजस्तो छ नि ?
हा.. हा.. हा..। किन निराश हुनु नि । कसैलाई विश्वास गर्ने समय नै छैन ।
एकजना निर्देशकसँग तपाइँको चक्कर चलेको खुबै हल्ला थियो नि ?
त्यतिखेर थियो, अहिले छैन । त्यहीबेला सुन्नुभएको होला ।
प्रस्तुतिः एमपी सुब्बा
Raaj kumar lama भन्नुहुन्छ:
don"t think me -ve(negative).I LOVE U SO..................... muchkarna ale magar भन्नुहुन्छ:
hi susma g.how r u? suma u r very butiful i like your movie, very intersting movie is k yo maya ho..all the besst..sidda batala भन्नुहुन्छ:
yak dami ramro