Share |

म त दर्शककी नायिका !: युना उप्रेती


नायिका युना उप्रेतीले अभिनय गरेको चलचित्र फर्केर हेर्दा (फ्ल्यास ब्याक) राजधानीमा प्रदर्शनका लागि तयार भएको छ । यो चलचित्रमा नायिका उप्रेतीले नायक राजबल्लभ कोइरालासँग गरेको 'किस सिन' का कारण पनि चर्चामा छ । तीन वर्षको अन्तरालमा सातवटा चलचित्रमा अवसर पाएकी युना चलचित्रमा अभिनयभन्दा पनि निर्देशक दिपक श्रेष्ठसँगको कारण चर्चामा आउने गरेकी छन् । गोपीकृष्ण मुभिजको चलचित्र 'पर्खी बसें'का लागि पहिलो पटक नायिका हुने अवसर पाएकी उनी स्थापित नायिकाहरूको दौडमा अझै सामेल नभए पनि लगातार चलचित्रमा काम गरिरहेकी छिन् । पछिल्लो पटक श्रेष्ठकै निर्देशनमा बनेको चलचित्र 'पहिलो¬पहिलो माया'ले सफलता पाएपछि युनाको चर्चा फेरि हुन थालेको छ, तर निर्देशक श्रेष्ठसँग उनको नाम जोडिने क्रम भने यथावत् छ । 'फ्ल्यास ब्याक' त निक्कै हट छ जस्तो छ नी ? कुन आधारमा हट भन्दै हुनुहुन्छ । हट हुने गरी त्यस्तो के दृश्य देख्नु भयो र फ्ल्यास व्याकमा ? फिल्मको पोष्टरमा त किस सिन देखिन्छ त ? के किस सिन दिदैमा फिल्म हट हुन्छ र? त्यो त स्क्रिप्टको डिमाण्ड थियो । त्यसमाथी, आज भोलि किस सिनको कहाँ चर्चा हुन्छ र? किस सिन त नर्मल हुन थालिसक्यो त । धेरै फिल्ममा धेरै नायिकाले किस सिन दिनुभएको छ । तपाई दीपक श्रेष्ठका चलचित्रमा मात्र किन काम गर्नुहुन्छ ? किन फर्केर हेर्दा (फ्ल्यास ब्याक) दीपक श्रेष्ठको फिल्म हो र ? त्यसैले अहिले नै त्यस्तो भनि हाल्न मिल्दैन, किनभने यो अवधिमा मैले काम गरेका दुई चलचित्र 'र्फज' र 'फ्ल्यास ब्याक'का निर्देशक दीपक श्रेष्ठ होइनन् ।'फर्ज'लाई मदन घिमिरे र 'फ्ल्यास ब्याक'लाई दयाराम दाहालले निर्देशन गर्नुभएको हो । तैपनि बाँकी सबै चलचित्रका निर्देशक त दीपक श्रेष्ठ नै हुन् ? मेरो पहिलो चलचित्रको निर्देशक उहाँ नै हुनुहुन्थ्यो । उहाँलाई मेरो काम मन परेको होला, त्यसैले प्रायः मलाई आफ्ना चलचित्रमा सम्झनुहुन्छ, तर म उहाँकी मात्रै नायिका होइन । अरू निर्देशकबाट प्रस्ताव आए म सहर्ष स्वीकार गर्छु र गरिरहेकी पनि छु । दीपक श्रेष्ठको 'क्याम्प'मा भएसम्म अरूले प्रस्ताव गर्लान् र ? मैले बारम्बार भन्दै आएकी छु कि म कसैको 'क्याम्प'की नायिका होइन । म त कुनै निर्दैशककी मात्र नभई दर्शककी नायिका हुँ । यदि मलाई कसैले आफ्ना चलचित्रका लागि सुहाउँदो मान्नुभयो भने अवश्य पनि म काम गर्न तयार हुनेछु । कुनै अरू निर्देशकसँग कुरा भएको छ ? मैले कसैलाई अहिलेसम्म मलाई आफ्नो चलचित्रमा नायिका बनाउनुहोस् भनेर आग्रह गरेकी छैन र म त्यसरी भन्न पनि सक्दिनँ । केहीले कुरा गर्नु पनि भएको हो, तर पछि अर्कैलाई लिएको सुनें । कारण केलाउन खोज्नुभएको छ ? म चलचित्रमा ग्ल्यामरस रूपमा प्रस्तुत भएकी छैन, एउटा कारण त त्यही होला । अर्को हल्ला चलेजस्तो 'क्याम्पकी हिरोइन' भनेर पनि हो कि ? तर जतिले पनि मेरा बारे त्यो भ्रम पालेर बस्नुभएको छ वहाँहरूलाई भन्न चाहन्छु । कृपया मलाई त्यस्तो भुमरीमा नपारि दिनुहोस् । फेरी दीपककै निर्देशनमा अर्को चलचित्रमा काम गर्दै हुनुहुन्छ नि ? यसलाई चाहिँ संयोग भन्नु पर्ला । मलाई त्यो चलचित्रका लागि दीपक सरले होइन, गोपीकृष्ण मुभिजले नै अफर गरेको हो ।

प्रतिक्रिया (२३)

my name is jeeban gurung भन्नुहुन्छ:

Dear namaskar didi ma tapailai afno didi jasti thanera vanna chahanchu tapai nsrisaunu hajurko parkhibase filim ma avinaya ramrolagu ma ahile hydrabadmakamgardichu tapicofilim arupani asti supar hithos vani 2i hatko 10 hatko namaskar gardi bida linchu ok bai didi una maro ghar gaidakot3 dhodeni nawalparsi ho india ph no8801607714 ok bai you call me

my name is bhuwan भन्नुहुन्छ:

Tapai kho filmsupar hit

Kailash chand भन्नुहुन्छ:

really I lile u and your all acting...

bijaya भन्नुहुन्छ:

dedi i love your acting wish u all the best in your up comming movee

Umesh poudal भन्नुहुन्छ:

U will soon become one among the best actess in kollywood.di, pliz keep on trying and never give up hope. Ur cousin umesh poudal from manipur india. All the best for ur new approach.

What भन्नुहुन्छ:

My name is santosg r .c puthan

dilip babu भन्नुहुन्छ:

all the nice best of luck

kusum gurung भन्नुहुन्छ:

hello namste didi i like ur acting n movies.plz continue plying this types movie hope that we can succes 2 c other movie in future. best of luck

raj भन्नुहुन्छ:

Wish u all the best yuna ji..

raj भन्नुहुन्छ:

I like your acting very much

hasta raj भन्नुहुन्छ:

HI,SISTER HOW ARE YOU? 8TH MAY I SEEYOU MALAYSIA IN THE CONSERT PROGRAMME.SO I DON'T FORGET YOU UNTIL I DIE.OK BYE SEE YOU AGAIN

dipesh sapkota भन्नुहुन्छ:

sara dinrat temi sangai ghumna man lagcha harek bhat ma timro rup chumna man lagcha ta baby bhatu kaha

pashupati paudel भन्नुहुन्छ:

hi bahini k 6 khaber timro id vaya dau la ma saudi ma 6u ahila timra film haru hara ramro lago trisul 10 din agi hera at last best of luck

asafal mohan भन्नुहुन्छ:

kina filam ma kanti dhakanu hu66 r tapae ko filam parkhi basa matra ho ta ki aru pani 6 ma uae ma bhayara pani nepali filam lai maya gara6u ok byyy

amir भन्नुहुन्छ:

hajur ko vibaha vayo ki vayana?

lamaratna भन्नुहुन्छ:

hi...........yuna k 6?i like u all u r................

sobita lamichhane भन्नुहुन्छ:

didi namaskar i like your smlling .i like your acting. my best actor is yuna upreti.bye didi.

Dipendra भन्नुहुन्छ:

I like your all smlling acting.

kumar gurung भन्नुहुन्छ:

malai man parne director dipak shrestha, wahale nai break dinu vayeko actress tapai [ una upreti ] tapaile khelnu vayeko pahilo film nai malai ekdam man paryo...sadhai agadi badnu hola..best of luck...

Bisan भन्नुहुन्छ:

She seems very clever. to establish in this industry you should do something like that. Keep it up Baby.........

तपाइको प्रतिक्रिया दिनुहोस्

नाम:
इमेल:
प्रतिक्रिया:
कोड: verification image, type it in the box