Share |

आफ्नै बिधाको नेता हुँ : मनोज गजुरेल: मनोज गजुरेल


सानोमा कहिले कुकुर भुकेर त कहिले स्याल कराएर गाउँलेलाई हसाउँने मनोज गजुरेल यतिबेला देश-विदेश जताततै हसाँउनमै ब्यस्त छन् । गाइजात्राको मौका पारेर उनले गरेको राजा र प्रचन्डको 'क्यारिकेचर' अहिले चर्चामा छ । पत्रकारितामा डिप्लोमा गरेका गजुरेल इन्टरनेट पत्रिका डामाडोल डट कमका सम्पादक पनि हुन । यसपालीको सफ-गफका लागि फिल्मनेपाल डट कमले उनैलाई रोजेको छ :


औंला भाँच्नोस् त, तपाईंले अभिनय गरेका सिनेमा कतिवटा पुगे ?
सिनेमा खेल्नपटि्ट लागेको भए मनोज गजुरेलको अन्र्तवार्ता लिन को आउँथ्यो र !, फेरी सिनेमामा जोकर बन्ने अनुहार पनि त छैन नि मेरो !

सिनेमावालाले नपत्याएर टि.भी. र स्टेजमै मात्रै झुण्डिइरहनु परेको हो कि क्या हो ?
म कुनै युवती हैन, जस्लाई निर्माता-निर्देशकले पत्याई दिउन् ।

राम्रै अवसर आएपनि सिनेमा खेल्दै नखेल्ने त ?
हास्य ब्यंग्यको मर्म बुझेकामध्ये कसैले अफर गरे भने सोचौंला तर यथास्थितिका सिनेमावालाबाट अपेक्षा गर्ने �� ाउँ छैन ।

आजकाल खुबै चर्चामा हुनुहुन्छ, गाइजात्रामा त जात्रै गर्नु भएछ ! दाम त निकै कमाउनु भयो होला नि ?
नाम र दाम एकैरथका दुई पाङ्ग्रा होईनन् । जहाँसम्म गाईजात्राको सवाल छ, अब तपाईं त्यसै भन्नुहुन्छ भने नाईं किन भन्नु पर्यो र !

स्टेज, टेलिभिजन, रेडियो, पत्रपत्रिकाहुँदै इन्टरनेटसम्म छाउनु भएको छ, एउटा मान्छेले कतिथोक भ्याउनसकेको हो ?
त्यतिमात्रै हो र, मानव अधिकार देखी सिस्नुपानीमा मेरो सलनता कहाँ लुकाउने नि ।

हास्यव्यंग्यमा बढी राजनीति घुसाएर गर्न खोजेकोचाहीं के हो ?
त्यसो हैन, राजनीतिचाहीं हास्यब्यंग्यमा घुस्न रुचाउँछ क्या ।

त्यसो हो कि, भविश्यमा नेता बन्ने योजना हो ?
म आफ्नै बिधाको नेता छँदैछु नि, पार्टीको नेता बनेर बल्ल बल्ल बटुलेको दर्शकको माया डामाडोल बनाउनु छ र !

साँच्ची,बिहे गर्नुभएको छ कि छैन ?
कस्को ! मेरो कुरा गर्नुभएको कि मेरो छोराको !!

कलाकारहरुको त घरबाहिर पनि निक्कै चक्कर चल्छ अरे नि ?
श्रीमतीसँग सपिङ् जाँदा बिल धेरै आयो भने चक्कर चल्छ । लब-सबको चक्कर भने होइन ।

दर्शकलाई जोकर बनाउने काम कहिलेसम्म चलाउनु हुन्छ ?
जहिलेसम्म राजनीतिज्ञहरुले हामीलाई जोकर बनाई राख्छन्, उहिलेसम्म ।

धेरै हास्यकलाकार जोडी बनाउँछन्, तर तपाईंचाहीं किन एक्लै ?
क्या कुरा गर्नुहुन्छ तपाई नि, मसँग सिस्नुपानी नेपालमा १४ जना हास्यब्यंग्यकारको जमात छ ।

यो पेशामा लागेकोमा कत्तिकों खुशी हुनुहुन्छ ?
'हयाप्पी' माने खुशी नमाने दुखी ।

Manoj Gajurel

प्रतिक्रिया (४)

man k. sunuwar भन्नुहुन्छ:

namaste dai ma ma yeuta gatilo aidiya 6 teslai saptahik ko antim pej ma rakhna suhau6 kasari tapai samu rakhu aidiya dinus na?malai tyo sandarvha rochak lagyo tapai lai kasto lagla?yekpatak sunidinun hai?

Bhuwan Sunar भन्नुहुन्छ:

Manoj Dadako malai ta sabai man par6 tar ............... uhako thatteulki para chahi jhanai man par6.

Bhuwan Sunar भन्नुहुन्छ:

thikai 6 ajhai badhi vayoko vya hunthyo

anjil भन्नुहुन्छ:

k ho dada tapai ta maobadi ko birodhi ho hban6 nee ?

तपाइको प्रतिक्रिया दिनुहोस्

नाम:
इमेल:
प्रतिक्रिया:
कोड: verification image, type it in the box