Share |

अबको यात्रा निर्देशनतिर: राजेश हमाल


उनै नायक, नेपाली सिने दुनियाँमा डेढ दशक यता निरन्तर स्थापित छन् । \'युगदेखि युगसम्म\' बाट थालेको अभिनय यात्रा \'ट्रयाक्सी ड्राइभर\'सम्म आइपुग्दा उनि अभिनित सिनेमाको संख्या १ सय ७५ नाघिसकेछ । ढल्किदो उमेरले पछिल्लो समयमा केही प्रभावित पारेको त छ । यद्यपी लामो अनुभूति र अनुभवले नयाँ सम्भावनातिर पनि उत्तिकै डोर्‍याएको छ । तिनै नायक राजेश हमालसँग फिल्मनेपाल डट कमका लागि लक्ष्मण सुवेदीले गरेको कुराकानी :

 

लामो समय सिनेमाकै लागि खर्चिनुभो, कस्ता अनुभूति बटुल्नुभो ? अलिकति बाढौं न ।
अभिनययात्रा थालेको सोह्र-सत्र वर्ष नाघिसकेछ । सुरुवातका दिनमा निरन्तरतकाकै चिन्ता थियो, टिक्न सकिने हो या होइन भन्ने । यति लामो यात्रामा निरन्तर लाग्न सकेकोमा अहिले खुशीको अनुभूति त पक्कै छ । तर, सबै कुरामा सन्तुष्ट हुने �� ाउँ भने छैन । उ बेला थोरै संख्यामा सिनेमा बन्थे । पछि संख्या बढ्दै गयो । तर, स्तर खासै बढेको छैन । यतिका वर्ष पछि पनि हामी उस्तै प्रविधिमा उनै कथाबस्तुमा सिनेमा बनाउँछौं । यसैमा उदेक लाग्छ ।
 

 

पछिल्लो दशकमा नायककै रुपमा थुप्रै युवा सिने दुनियाँमा भित्रिए । टिकिरहन भने सबैजसोलाई हम्मे पर्‍यो । तर, तपाई भने डेढ दशकसम्म स्थापित रहिरहनु भयो । गुदी कुरा के हो ?
कलाकारिता आफैमा असुरक्षित पेशा हो । कुनै कालखन्डमा कसैले अवसर पाउनुले यो अर्थ राख्र्दैन कि उसले सधैं आफुलाई टिकाइरहन सक्छ । समय र भाग्यको पनि तालमेल हुनुपर्छ । यो अर्थमा म आफुलाई निकै भाग्यमानी �� ान्दछु । यतिका वर्षसम्म पनि दर्शकहरुले एकैनाश मनपराएका छन् । साँच्चै, कलाक्षेत्रमा अचम्मको प्रजातन्त्र छ । हैकमले हैन दर्शकले मन पराए मात्र टिक्न सकिन्छ । राजनीतिमा भन्दा पनि शुद्ध प्रजातन्त्र ।

आफ्नै अभिनयमा कत्तिको सन्तुष्टी लाग्छ ?
आफ्नो भूमिका भएका सिनेमालाई बस्तुगत रुपमा मुल्यांकन गर्ने गरेको छु । अहो, मेरो अभिनय छ भन्दा पनि समग्रमा सिनेमा कस्तो बनेको छ भन्नेमा महत्व दिन्छु । कुनैमा राम्रो पनि हुन्छ र कुनैमा त्रुटि पनि । प्रायः आफ्नो कामबाट असन्तष्ट नै बढि छु । निर्माण सकिएपछि अलि बढि समय दिन पाएको भए अझै राम्रो हुन्थ्यो कि जस्तो लाग्छ ।

नायककै रुपमा यतिका वर्ष विते । अब त बिश्राम लिने बेला भएन र ?
बिश्राम त नचाहेर पनि ढिलो चाडो लिनै पर्छ । तर, यतिका वर्ष लागिपरेको क्षेत्र चटक्कै छोडन भने सजिलो छैन । नायकको रुपमा त भन्न सकिन्न तर निर्देशकको रुपमा भने हातखुच्चा चलेसम्म काम गर्ने धोको छ ।

उसो भयो नायक राजेश हमाललाई अबका दिनमा निर्देशकका रुपमा चिनिने छ ?
अभिनयपछिको मेरो रुचि नै निर्देशन हो । मनसिक रुपमा सिनेमा निर्देशनको लागि तयार भइरहेको छु । मात्र अनुकुल समयको पर्खाइमा छु । अहिले अभिनेताकै रुपमै ब्यस्त छु । निर्देशन थालेपछि एउटै सिनेमाका लागि सात-आ�� महिना खर्चिनुपर्छ । अहिले यति समय मसँग छैन । यद्यपी प्रारम्भीक तयारी थालीसकेको छु । थुप्रै कथा छानैटमा छन् । त्यसमध्ये एउटाको लागि गृहकार्यमा जुटेको छु ।

सुरु चाँही कहिलेबाट गर्ने त ?
इच्छा त यसै बर्षभित्र सुरु गर्ने छ । आफूले निर्देशन गर्ने चलचित्रमा आफै नायक बन्ने सोच पनि छ । ढिलो भयो भने मेरो जवानीले साथ नदेला की भन्ने पनि डर छ । प्राविधिक रुपमा अलि स्तरिय सिनेमाको निर्देशन यसै वर्ष सूरु गर्छु ।

भरखरैको लोकतान्त्रिक आन्दोलनमा सबैक्षेत्रबाट उत्रिए । केही सिनेकर्मी पनि थिए । तर, तपाईलाई त देखिएन नि ?
कलाकारको हिसाबले लोकतान्त्रिक आन्दोलनमा मेरो आफ्नै तरीकाले समर्थन थियो । किनकी सबैभन्दा बढी प्रजातन्त्र त हामी कलाकारहरुलाई चाहिन्छ । आफ्नो पेशा, स्थानबाट मेरो लोकतन्त्रप्रति पूर्ण समर्थन थियो र छ पनि । सडकमा नउत्रदैमा सर्मथन नभएको भनने होइन ।

पछिल्लो राजनीतिक विकासक्रम प्रति तपाईको भनाइ के छ ?
राजनीति एकदमै अस्तिर छ । तर पनि केही आशाका किरण देखिएका छन् । जनताले खोजेको शान्तिको बाटोमा देश लम्किसकेको छ । तै पनि ढुक्क भइहाल्न भने सकिँदैन ।

एक्लो जिन्दगी कहिलेसम्म ? अझै लगन जुरेन र ?
बिहे यही उमेरमा नै गर्नूपर्छ भन्ने कहीँ छैन । मेरो आफ्नै बिचारमा अझै पनि बिहेको बेला भएको छैन । हेर्दै जाऊँ, मेरो बिहेको लगन जुर्न पनि सक्छ नजुर्न पनि सक्छ । बिहे नै गर्दिन भन्ने चाहिँ होइन । भए छ भने राम्रै होला । भएन भने पनि....।

 

 

प्रतिक्रिया (२)

Ramesh kshetri भन्नुहुन्छ:

Rajesh dai best of luck!

indra भन्नुहुन्छ:

Rajeshko nirdeshak banne chahana pura hos

तपाइको प्रतिक्रिया दिनुहोस्

नाम:
इमेल:
प्रतिक्रिया:
कोड: verification image, type it in the box